कोरोनामुक्त हुनेको संख्या २४ करोड ९६ लाखभन्दा बढी « Khabarhub

कोरोनामुक्त हुनेको संख्या २४ करोड ९६ लाखभन्दा बढी

२४ घण्टामा करिब साढे ४ लाख निको


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोनाबाट निको हुनेको संख्या २४ करोड ९६ लाखभन्दा धेरै पुगेको छ ।

ओल्डोमिटरको विवरणअनुसार २७ करोड ९३ लाख ११ हजार ४२६ मध्ये २४ करोड ९६ लाख २५ हजार ४६४ जना निको भएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ३८ हजार ७२६ जना कोरोनामुक्त भएका छन् । जर्मनीमा ५६ हजार, फ्रान्समा ५१ हजार, रुसमा ४१ हजार, अमेरिकामा २४ हजार, पोल्याण्डमा २२ हजार, टर्कीमा २० हजार र इटलीमा १९ हजार ८ सय बढी निको संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टामा ७ लाख ९६ हजार ४२२ जना थपिएका छन् भने ५ हजार ४५१ जनाको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ८५ हजार, बेलायतमा एक लाख २२ हजार, फ्रान्समा ९४ हजार र इटलीमा ५० हजार बढी छन् ।

त्यसैगरी जर्मनीमा करिब २८ हजार, रुसमा २५ हजार र टर्कीमा १९ हजारमा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा रुसमा ९९८, अमेरिकामा ७०७, पोल्याण्डमा ५९६, जर्मनी २७२, फ्रान्समा १६७ र बेलायतमा १३७ जना छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : २५ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र