धार्मिक पर्यटन बढाउन कञ्चनपुरमा भगवान् शिवको मूर्ति « Khabarhub

धार्मिक पर्यटन बढाउन कञ्चनपुरमा भगवान् शिवको मूर्ति


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा मूर्ति निर्माणको कार्य भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए । ‘मूर्ति निर्माणका लागि दाताबाट सङ्कलित सहयोग रु तीन लाख ९३ हजार खर्च गरेका छौँ’, अध्यक्ष ठगुन्नाले भने, ‘अपुग रकमका लागि दाताले सहयोगको अश्वासन दिएका छन् ।’

गत भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ । ‘सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन’ उनले भने, ‘स्वस्फुर्त रुपमा दाताले सहयोग रकम उपलब्ध गराउनुभएको छ । त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ।’

वर्षौदेखि धार्मिक महत्व बोकेका ओझेलमा परेका क्षेत्रहरु मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीय भक्तजनको भनाइ रहेको छ । स्थानीय लालसिंह महराले भने, ‘यस क्षेत्र वरिपरिका सुनदेवी ताल, प्राचिन बैजनाथ मन्दिर, मुडका धाम, कालापानी भगवती थानलगायत प्रचारप्रसारमा टेवा पुग्छ ।’

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ४० बजे

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९