४८ लाखको स्वेटर « Khabarhub

४८ लाखको स्वेटर


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय: मानिस ब्राण्डेड कपडा मन पराउँछन् । धेरैले ब्राण्डेड कपडा किन्न ठुलो धनराशी खर्च गर्छन् । अझ अहिलेको चिसो मौसममा मानिस महंगो ज्याकेट र स्वेटर किन्छन् । मंहगा ज्याकेट वा स्वेटरको औसत मूल्य १०–१५ हजारसम्म पर्न जान्छ । तर के कुनै स्वेटरको मूल्य करिब आधा करोड पर्छ होला ?

२४ क्यारेट सुनको धागोबाट इटालियन सिल्कका साथमा बनाइएको यो स्वेटरको मूल्य करिब ४८ लाख अर्थात् झन्डै आधा करोड पर्न जान्छ । यो स्वेटर एक प्रकारको क्रिसमस जम्पर रहेको छ । ४८ लाखको यस स्वेटरमा हिरासमेत जडान गरिएको छ । यसलाई बनाउन मात्र ३ हजार घण्टा भन्दा बढी समय लागेको थियो ।

यो स्वेटर बनाउने कलाकार आर्टिस्ट एडेन लिबनले आफ्नो जीवनभरको कमाई खर्चेर यसको निर्माण गरेका हुन् । यो स्वेटर बिक्रिबाट मिलेको रकम एडेनले स्वास्थ्य सेवामा दान दिने बताएका छन् । यदि यो स्वेटर बिक्रि भएमा यो हालसम्मको सबैभन्दा बढी मंहगोमा बिक्रि हुने स्वेटर बन्ने छ । अहिले यो बिक्रिमा राखिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ३२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको