मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना « Khabarhub

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिएका छन् ।

इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउने शुभकामना दिएका छन् ।

येसु खिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भन्ने अपेक्षा लिएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि मुख्यमन्त्री राउतले सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ५५ बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश