चार महिनामा चार करोड ७० लाख थान डायपर आयात « Khabarhub

चार महिनामा चार करोड ७० लाख थान डायपर आयात


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना रु १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ ।

भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अङ्क उल्लेख भएको छ ।

डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ । समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो । हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रुपमा प्रयोग गर्दथे ।

आव २०७८/०७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट रु ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो ।

सबैभन्दा धेरै भारतबाट रु ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ । आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ ।

दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट रु दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ । उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ ।

तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर रु ४४ लाख ६६ हजार २१७ मा आयात भएको छ । शिुशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको कांछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अङ्ग्रेजीमा ‘डायपर’ भनिन्छ ।

नेपालले डायपर आयात गर्ने चाँैथो ठुलो मुलुक थाइल्याण्ड हो । थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर रु सात लाख ६६ हजार ४७६ मा आयात गरेको छ । त्यसैगरी डायपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङ्कङबाट एक थान डायपर आयात भएको विभागले प्रकाशन गरेको आव २०७८/०७९ को चार महिनाको तथ्याङ्कमा उल्लेख छ ।

चार महिनाको डायपर आयातबाट राज्यले रु १८ करोड ७५ लाख ५९ हजार भन्सार असुली गरेको छ । डायपर आयातमा भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा डायपर उद्योगको ठूलो सम्भावना देखिन्छ ।

आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक रु दुइ अर्बको डायपर खपत हुने देखिन्छ । प्रचुर सम्भावनाको क्षेत्र भएर पनि नेपाली उद्यमी यसतर्फ आकर्षित भने हुन सकेका छैनन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ०५ बजे

प्रमुख राजनीतिक दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन