माओवादी राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने | Khabarhub Khabarhub

माओवादी राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् ।

जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।

स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहने छन् ।

वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : १५ बजे

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त