माओवादीको आठौं महाधिवेशन : उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई आमन्त्रण « Khabarhub

माओवादीको आठौं महाधिवेशन : उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई आमन्त्रण


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ । दिउँसो १ बजे उद्घाटन हुने भनिएकोमा २ घण्टा पछि सारिएको हो ।

शनिवार बसेको स्थायी कमिटीबाट प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको थियो। सो निर्णयलाई अनुमोदन गर्न अहिले माओवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उदघाटन सत्र दुई घण्टा पछाडि सरेको बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : ३० बजे

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो