६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : मोदी « Khabarhub

६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : मोदी


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, १५ वर्षदेखि १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ ।

‘कोरोनाभाइरस हराएको छैन । अहिले ओमिक्रोनको नयाँ संक्रमण बढेको छ । क्रिसमस र पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको जन्मदिनको अवसरमा कोभिडबारे नयाँ घोषणा गरेका छौं,’ प्रधानमन्त्री मोदीले भने ।

बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदा महामारीविरुद्धको लडाई सशक्त हुने र विद्यालयमा अध्ययन अध्यापनको वातावरणासमेत सहज हुने उनले बताए ।

अहिलेसम्म भारतमा ६१ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो डोज लगाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ५९ बजे

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुमबासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्बासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा