६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : मोदी « Khabarhub

६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : मोदी


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, १५ वर्षदेखि १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ ।

‘कोरोनाभाइरस हराएको छैन । अहिले ओमिक्रोनको नयाँ संक्रमण बढेको छ । क्रिसमस र पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको जन्मदिनको अवसरमा कोभिडबारे नयाँ घोषणा गरेका छौं,’ प्रधानमन्त्री मोदीले भने ।

बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदा महामारीविरुद्धको लडाई सशक्त हुने र विद्यालयमा अध्ययन अध्यापनको वातावरणासमेत सहज हुने उनले बताए ।

अहिलेसम्म भारतमा ६१ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो डोज लगाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै