वैद्य, बाबुराम, बादल, विप्लवबिनाको माओवादी महाधिवेशन | Khabarhub Khabarhub

वैद्य, बाबुराम, बादल, विप्लवबिनाको माओवादी महाधिवेशन


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्‍यो ।

महाधिवेशनमा माओवादीको पहिचान बोकेका अधिकांश नेताहरू देखिएनन् । २०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दिएका थिए । आज यी सबै नेता माओवादी केन्द्रबाट बाहिरिइसकेका छन् ।

माओवादी केन्द्रमा अध्यक्ष पदबाहेक कोही पनि स्थिर छैनन् । सबै कुनै न कुनै कारण कारबाहीमा परेका छन् । आठौं महाधिवेशनमा सहभागी हुन आएका माओवादी प्रतिनिधिहरूले १० वर्षसम्म सशस्त्र विद्रोहको नेतृत्व गरेका नेताहरू नै नदेखेपछि खल्लो महसुस गरेका छन् ।

मोहन वैद्य अहिले पनि माओवादी नाम गरेको अलग्गै पार्टीमा छन् । बाबुरामले चारवटा पार्टी चाहरिसके । बादल, लेखराजहरू अहिले एमालेमा छन् । विप्लव नेकपा नामक पार्टीको महासचिव छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ०१ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन