विप्लवका गतिविधि आतंककारी, सरकार रोक्न दृढ छ: प्रधानमन्त्री ओली « Khabarhub

विप्लवका गतिविधि आतंककारी, सरकार रोक्न दृढ छ: प्रधानमन्त्री ओली


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर‍- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहको गतिविधि आतंककारी भएको र सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित राष्ट्रिय मानव अधिकार आयोगको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफुले चन्द समूहको मागलाई बुझ्न नसकेको बताए । ‘नेपाललाई सुशासन र विकासको बाटोमा सहज ढंगले अघि बढ्न नदिने गम्भिर प्रयासहरु भईरहेका छन्,’ प्रधानमन्त्री ओली भने  ‘मानिसलाई त्रसित पार्न बम पड्काउने समूहलाई सोध्न चाहन्छु कुन उद्देश्य र माग के हो ?’

प्रधानमन्त्री ओलीले मुलुकलाई सहज ढंगले अघि बढ्न नदिने गरी चन्द समूहले गतिविधि गरेकाले यसलाई रोक्नु र नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको पनि स्पष्ट पारे । उनले मानव अधिकार, मानव मर्यादा र यसको सम्मानमाथि गम्भिर चोट पुर्‍याउने गरी भएका यस्ता आतंककारी समूहको गतिविधि सरकारले रोक्ने दोहोर्‍याए ।

लोकतन्त्रको मुख्य अभ्यासको रुपमा रहेको चुनावमा जित्न नसक्ने भएपछि चन्द नेतृत्वको समूहले गैरकानूनी, अमानवीय, आतंककारी गतिविधि गरिरहेको उल्लेख गरे । उनले आफ्नो लोकतन्त्र र मानव अधिकारप्रतिको निष्ठा र प्रतिबद्धतामा शंका नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

मानव अधिकार र लोकतन्त्र नहुँदाको पीडा आफूले भोगेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले मानव अधिकारको प्रश्नमा खोट लगाउने कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताप्रति पनि सरकार प्रतिबद्ध रहेको जिकिर गरेका छन् । तर संचारकर्मीहरुले कसैमाथि पनि गम्भिर आक्षेप लाग्ने गरी कलम चलाउन नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ४९ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले