एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड (भिडियो) | Khabarhub Khabarhub

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड (भिडियो)


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् ।

आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो ।

‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’, उनले भने, ‘एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन् गरौं ।’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए । माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : १७ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको