प्रेस चौतारी केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै « Khabarhub

प्रेस चौतारी केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आज लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारवाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

अध्यक्ष बस्नेतका अनुसार बैठकले राष्ट्रिय महाधिवेशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्नेछ । चौतारीले आगामी फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहित काम अगाडि बढाएको अध्यक्ष बस्नेतले बताए ।

बैठकको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अपरान्ह ३ बजे उदघाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा प्रचार विभाग उपप्रमुख विष्णु रिजालको पनि उपस्थिति रहने छ ।

केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित तीनसय बढीको सहभागिता रहने केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । प्रेस चौतारी रुपन्देही शाखाको आतिथ्यतामा बैठक हुन लागेको हो ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : ३३ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको