गाईसँग बस्ने किलीको बलिउड प्रेम « Khabarhub

गाईसँग बस्ने किलीको बलिउड प्रेम


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– गत महिना ताञ्जानियाका किली पल चर्चामा आए । बलिउड गीतमा कहिले लिपसिंक त कहिले धमाकेदार नृत्य गरेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो । उनी भिडियो बनाउछन् र सामाजिक सञ्जालमा राख्छन् । जुन भिडियो तुरुन्तै भाइरल बन्छन् ।

भारतमा उनको फलोअर्सको संख्या उल्लेख्य छ । उनको भिडियो हेर्ने अधिकांश फ्यानले किलीले हिन्दी गीतको शब्दलाई कसरी सम्झिन्छन् भन्ने चासो राख्छन् ।

किली बाल्यकालदेखि नै बलिउड फिल्म र गीत मनपराउथे । शुरुवाती समयमा उनी एक्लै भिडियो बनाउथे, तर विस्तारै उनको यो काममा बहिनी नीमाले सहयोग गरिन् । ‘मलाई बलिउडको फिल्मको निकै मनपर्छ किनकी म भारतीय फिल्म हेरेरै हुर्किएको हुँ । म लामो समयदेखि बलिउडका गीत सुनिरहेको छु । त्यहीकारण हिन्दी गीतमा मेरो रुची बढेको छ’, उनी भन्छन् ।

किली ताञ्जानियामा गाईहरुसँग बस्ने गर्दछन् । किनकी उनी किसान हुन् । उनीसँग धेरै संख्यामा गाई छैनन् । उनीसँग भएको मोबाइलमार्फत इन्स्टाग्राममा ट्रेन्डिङ रिल्स हेर्छन् । उनी युट्युबमार्फत नै भारतमा के ट्रेन्ड छ भनेर नियाल्छन् ।

किली र नीमाको गाउँमा बिजुली छैन । उनीहरु मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्छन् । उनीहरुको गाउँ र अर्को गाउँको दुरी १० किलोमिटरको छ । उनीहरु आफ्नो मोटरसाइकलमार्फत मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ०२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक