यहाँ चामलसँग कोदो किन साटिन्छ ? « Khabarhub

यहाँ चामलसँग कोदो किन साटिन्छ ?


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियानअन्तर्गत २२ क्विन्टल कोदो संकलन भएको छ। वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी भवनमा पाँच सय ९३ किलो र महिला सहकारी भवन चौखुट्टेमा १६ सय चार किलो गरी करिब २२ क्विन्टल कोदो संकलन भएको गाउँपालिका कृर्षि शाखा प्रमुख झप्पर भुलले जानकारी दिएका छन् ।

२६ मंसिरमा कोदो संकलन अभियान सुरू भएको हो । गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उद्देश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहोस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेको उनले जानकारी दिए । वैदेशिक रोजगारी र तिव्र शहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उनको भनाइ छ । फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएको अध्यक्ष साउदले बताए ।

किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेको अध्यक्ष साउदले जानकारी दिए । अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महंगोमा किनेर खान थालेका छन् । यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगञ्जमा निर्यात हुने गरेको अध्यक्ष साउदले बताए । आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले बताए ।

भात खान पाँच घण्टा हिंडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहेनत गर्ने जाँगर पलाएको बताएका छन् । कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका सहरवासीहरू भने महंगोमा किनेर खान थालेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : २५ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति