ईयू संसदीय निर्वाचनमा राष्ट्रवादीको प्रभावशाली प्रदर्शन | Khabarhub Khabarhub

ईयू संसदीय निर्वाचनमा राष्ट्रवादीको प्रभावशाली प्रदर्शन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– हालै सम्पन्न युरोपेली युनियन ईयू अन्तर्गत युरोपेली संसद्को निर्वाचनमा राष्ट्रवादी तथा उग्र दक्षिणपन्थी धारका दलहरुलाई उल्लेख्यीय सफलता मिलेपनि ईयु पक्षधर समूहकै बहुमत आउने देखिएको छ ।

गत बिहीबार तथा आइतबार युरोपेली युनियनका २८ मुलुकमा भएका निर्वाचनमा बेलायत, हंगेरी, फ्रान्स, पोल्याण्ड तथा इटालीमा राष्ट्रवादी र उग्र दक्षिणपन्थी पार्टीले प्रभावशाली प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै प्रकाशित नतिजा अनुसार उनीहरुले युरोपेली संसदको ७५१ सिटमध्ये एक चौथाई सिट जितेको जनाइएको छ । बेलायतमा नाइजल फराजको ब्रेक्जिट पार्टी, फ्रान्समा मरिन ले पेनको नेशनल फ्रन्ट, इटालीमा मात्तेओ साल्भिनीको नर्दन लिगसहित पोल्याण्ड र हंगेरीका राष्ट्रवादी तथा दक्षिणपन्थी पार्टीहरुले यसअघिको भन्दा राम्रो प्रदर्शन गरेको जनाइएको छ ।

पछिल्लो नतिजा अनुसार मध्य दक्षिणपन्थी दलहरुको समूह युरोपियन पिपुल्स पार्टी इपीपीमा आबद्ध दलहरुले १८० सिट, प्रजातान्त्रिक समाजवादीहरुले १४६ सिट, युरोपेली लिबरलहरुले १०९, युरोपेली ग्रिन पार्टीहरुको समूहले ६९, कन्जरभेटिभहरुले ५९, दक्षिणपन्थी राष्ट्रवादीहरुले ५८, पपुलिष्टहरुले ५४, बामपन्थीहरुले ३९, स्वतन्त्रहरुले ८ तथा अन्यले २९ सिट जितेक छन् ।

पछिल्लो नतिजाअनुसार मध्य दक्षिणपन्थी पार्टीहरुको समूहले लोकतान्त्रिक समाजवादी, लिबरल र ग्रिनहरुसँग मिलेर गठबन्धन बनाउने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ५३ बजे

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ