अमेरिका र युरोपमा चार दिनमा साढे ११ हजार उडान रद्द « Khabarhub

अमेरिका र युरोपमा चार दिनमा साढे ११ हजार उडान रद्द


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – कोभिड संक्रमण तह उच्च विन्दुमा पुगेपछि युरोप र अमेरिकाका विभिन्न राज्यमा गरी ११ हजार ५०० उडान रद्द हुनुका साथै १०औं हजारभन्दा बढी उडानमा ढिलाई भएको छ । कोभिड संक्रमण बढेपछि शुक्रबारदेखि सोमबारको अवधिमा यति ठूलो संख्यामा हवाई उडान प्रभावित भएको हो ।

उडान रद्द हुँदा विशेष गरेर क्रिसमसको अवसरमा छुट्टी मनाउन जाने र घर फर्किने लाखौँ मानिसहरु प्रभावित भएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण युरोपका अधिकांश देशमा नयाँ प्रतिबन्ध घोषणा गरिएका छन् ।

विश्वमा हवाइ उडानसम्बन्धी अभिलेख राख्ने फ्लाइटअवेरका अनुसार सोमबार मात्र ३ हजार उडान रद्द भएका थिए । कोभिड संक्रमणका कारण अमेरिकाको यात्रा अस्तव्यस्त भएपछि आइसोलेसन अवधि १० बाट घटाएर पाँच दिन बनाइएको छ ।

पछिल्लो समयमा अमेरिका र युरोपमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणका कारण अमेरिकाका कोभिड अस्पताल भरिएको भन्दै राष्ट्रपति जो बाइडेनले सचेत हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ९ : ३४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल