जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु « Khabarhub

जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।

‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’

उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए ।

उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक