सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित « Khabarhub

सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए ।

बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् । बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैंककै एक कर्मचारीले आर्थिक हिनामिना भइरहेको गोप्य उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, सीआईबी र नेपाल राष्ट्र बैंकको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । भट्टराईलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई बैंकका सीईओ नवीन सुवेदीका फुपुका छोरा समेत हुन् । सीइओ सुवेदीलाई भने बैंकले कुनै कारबाही गरेको छैन ।

सप्तकोशी डेभलपमेन्ट बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको भनी एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो ।

नक्कली खाता बनाएर हिनामिना गरेको खुलेको बैंकका अध्यक्ष अर्जुन बरालले बताए । अन्य केही कर्मचारीहरूको पनि संलग्नता हुन सक्ने उनको अनुमान रहेको छ ।

बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो । मंसिर १ गतेदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सप्तकोशी बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकका १ नम्बर प्रदेशमा ३६ वटा शाखा छन् । न्यूजकारखाना

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : १० बजे

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य