काठमाडौँ उपत्यकाका २४ स्थानबाट कोरोनाविरुद्धको खोप लगाइँदै « Khabarhub

काठमाडौँ उपत्यकाका २४ स्थानबाट कोरोनाविरुद्धको खोप लगाइँदै


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड– १९ भाइरसविरुद्धको खोप प्रशस्त मात्रमा भएपछि सरकारले खोप लगाउन तीव्रता दिएको छ ।

उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा रहेका २४ खोप केन्द्र मार्फत १८ वर्षमाथिका सबै नागरिकका सरकारले खोप लगाउन आग्रह गरेको छ ।

तोकिएका खोप केन्द्रहरुबाट भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप वितरण गर्न सरकारले काठमाडौं र ललितपुर जिल्लाका विभिन्न ११/११ अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई खोप केन्द्रको रुपमा तोकेको छ । भक्तपुरका २ अस्पताललाई खोप केन्द्रको रुपमा  तोकेको छ ।

कोरोना विरुद्धको खोप लगाउन बाँकी १८ वर्ष पुगेका र गर्भवति भएको तीन महीना नाघेका सबै नागरिकलाई सरकारले खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक बल अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सहिद मेमोरियल अस्पताल कंलकी, लोट्से भवन नयाँ बसपार्क, वीर अस्पताल, बयोधा अस्पताल बल्खु, निजामती कर्मचारी अस्पताल, एपेक्स पोलिक्लिनिक जडिबुटी,नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी, ख्वप अस्पताल च्यामसिंह, पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा, सैंबु स्वास्थ्य चौकी, बज्रबाराही चापागाँउ अस्पताल, बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य केन्द्र, लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी, चौघरे स्वास्थ्य चौकी र गोटिखेल स्वास्थ्य चौकीमार्फत कोरोनाविरुद्धको खोप लगाइने लगाउन लागेको हो ।

तोकिएका खोप केन्द्र मध्ये आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

अन्य सबै अस्पताल तथा स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लागाइने भएपनि भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र लगाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै भक्तपुरकै ख्वप अस्पतालमा भने बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म मात्र खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : २० बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको