‘८३’ फ्लप भएपछि निर्माताबीच आरोप-प्रत्यारोप « Khabarhub

‘८३’ फ्लप भएपछि निर्माताबीच आरोप-प्रत्यारोप


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘८३’बाट निर्माता तथा व्यापार विश्लेषकले ठूलो आशा राखेका थिए । तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । फिल्म रिलिजको पाँच दिनमा फिल्मले ६० देखि ७० करोडको आँकडा पनि पार गर्न सकेको छैन ।

फिल्मको खराब कमाईले निर्मातालाई ठूलो झड्का लागेको छ । त्यहीकारण उनीहरु फिल्म कसरी फ्लप भयो भन्ने अध्ययनमा लागेका छन् । फिल्म असफल भएपछि निर्माताहरु आरोपऔप्रत्यारोपमा उत्रिएका छन् । केही निर्माताले फिल्मको निर्माण शैलीमाथि प्रश्न उठाएका छन् ।

उनीहरुले निर्देशक कबीर खानले फिल्मलाई वृतचित्र शैलीमा निर्माण गरेको आरोप लगाएका छन् । त्यही कारण दर्शक फिल्मको कथासँग जोडिन नपाएको उनीहरुको बुझाई छ । निर्देशक तथा कलाकारले फिल्मको प्रमोसनमा पनि ध्यान नदिएको निर्माताहरुको गुनासो छ ।

अभिनेता रणवीरले पनि फिल्मको घाटालाई कम गर्न नयाँ कदम चाल्ने निर्णय लिएका छन् । फिल्मबाट रणवीरले अहिलेसम्म पूर्ण पारिश्रमिक पाइसकेका छैनन् । रणवीरले आफूले पाउनुपर्ने बाँकी पारिश्रमिक नलिने जनाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : २१ बजे

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित