‘८३’ फ्लप भएपछि निर्माताबीच आरोप-प्रत्यारोप « Khabarhub

‘८३’ फ्लप भएपछि निर्माताबीच आरोप-प्रत्यारोप


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘८३’बाट निर्माता तथा व्यापार विश्लेषकले ठूलो आशा राखेका थिए । तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । फिल्म रिलिजको पाँच दिनमा फिल्मले ६० देखि ७० करोडको आँकडा पनि पार गर्न सकेको छैन ।

फिल्मको खराब कमाईले निर्मातालाई ठूलो झड्का लागेको छ । त्यहीकारण उनीहरु फिल्म कसरी फ्लप भयो भन्ने अध्ययनमा लागेका छन् । फिल्म असफल भएपछि निर्माताहरु आरोपऔप्रत्यारोपमा उत्रिएका छन् । केही निर्माताले फिल्मको निर्माण शैलीमाथि प्रश्न उठाएका छन् ।

उनीहरुले निर्देशक कबीर खानले फिल्मलाई वृतचित्र शैलीमा निर्माण गरेको आरोप लगाएका छन् । त्यही कारण दर्शक फिल्मको कथासँग जोडिन नपाएको उनीहरुको बुझाई छ । निर्देशक तथा कलाकारले फिल्मको प्रमोसनमा पनि ध्यान नदिएको निर्माताहरुको गुनासो छ ।

अभिनेता रणवीरले पनि फिल्मको घाटालाई कम गर्न नयाँ कदम चाल्ने निर्णय लिएका छन् । फिल्मबाट रणवीरले अहिलेसम्म पूर्ण पारिश्रमिक पाइसकेका छैनन् । रणवीरले आफूले पाउनुपर्ने बाँकी पारिश्रमिक नलिने जनाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : २१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक