रेड पाण्डाको छालासहित ४ जना पक्राउ « Khabarhub

रेड पाण्डाको छालासहित ४ जना पक्राउ


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अति दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित काठमाडौँबाट ४ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले ३० लाख रुपैयाँमा सो छाला बेच्ने तयारी भइरहेका बेला काठमाडौँको बसन्ुधरास्थित मयुर क्याफेबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले धादिङको गंगाजमुना गाउँपालिका भई काठमाडौँ बस्दै आएका ३९ वर्षीय निरबहादुर घले, सिन्धुपाल्चोकको चौतारा घर भई काठमाडौँ बस्दै आएका २५ वर्षीय सुरेश गिरी, नुवाकोटको शिवपुरी गाउँपालिका घर भई काठमाडौँ बस्दै आएका ३१ वर्षीय कृष्णबहादुर तामाङ र ओखलढुंगाको मानेभञ्ज्यांग घर भई काठमाडौँ बस्दै आएका २९ वर्षीय मोहनकर्ण कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ थान रेड पाण्डाको छाला र मोबाइल बरामद गरेको छ । तस्करबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ४ : ४४ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला