सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान | Khabarhub Khabarhub

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै सोही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले सो सहकारी सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतले अन्य ९ जनालाई धरौटीमा छाडेको छ भने एकजनालाई साधारण तारेखमा छाडेको छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान
काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुपक्र्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै सोही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले सो सहकारी सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतले अन्य ९ जनालाई धरौटीमा छाडेको छ भने एकजनालाई साधारण तारेखमा छाडेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : २३ बजे

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल