आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने सैन्य कमाण्डर ! « Khabarhub

आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने सैन्य कमाण्डर !


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने चार जना मध्ये तीन जना विप्लव समूहका सैन्य कमान्डर भएको आजको राजधानी दैनिकले समाचार छापेको छ ।

आइतबारको घटना के कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउनेसमेत विप्लव नेकपाले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले भने विस्फोटमा परी सुकेधारामा कालिकोटका विभुराम भ्रन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको बताएको छ । यस्तै घट्टेकुलोमा भएको विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ ।

आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै राजनीतिक रुपमा नै प्रतिबन्ध लगाइएको नेत्रविक्रम च्रन्द विप्लव नेतृको दल नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार झन आक्रामक बनेको छ ।

आइतबार नेकपाका नेता कार्याकर्ताले बोकेका र बनाउँदै गरेका बम शृंखलाबद्धरुपमा विस्फोटको घटनापछि सरकार चन्द नेतृत्वको नेकपासँग झनै आक्रामक देखिएको हो । आइबारको घटनापछि सरकारले सो समूहका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र सवै सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ ।

त्यसैगरी पत्रिकाले आर्थिक परिसूचक उत्साहजनक शीर्षकमा मुख्य समाचार छापेको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणले मुलुकको आर्थिक परिसूचक उत्साहजनक रहेको देखाएको छ । गरिबी घटेको छ भने राजस्व संकलनको दर विगतका वर्षमा भन्दा उत्साहजनक रहेको समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले सरकारी जग्गा भूमाफियाको कब्जामा, मालपोत अधिकृतसहित ६ विरुद्ध मुद्दा शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ भने स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम पनि सार्वजनिक भएको अर्को समाचार पनि पहिलो पृष्ठमा छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : १७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक