कोरोनाका दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च « Khabarhub

कोरोनाका दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च

एकैदिन १५ लाख थपिए, अमेरिकामा मात्रै साढे ४ लाख


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिनेमा अमेरिकामा मात्रै ४ लाख ३८ हजारभन्दा धेरै छन् । त्यसैगरी फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटलीमा ९८ हजार जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर यूरोपमा बढेको बताइएको छ।

यही अवधिमा ५ लाख ६९ हजार निको भएका छन् भने ६ हजार ६८१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार पाँच सय, रुसमा ९३२, पोल्याण्डमा ७९४, यूक्रेनमा ३०७ जना रहेका छन् ।

पछिल्लो एक दिनमा निको हुने अमेरिकामा ७२ हजार, जर्मनीमा ५९ हजार, फ्रान्समा ५६ हजार, बेलायतमा ४९ हजार, रुसमा ४२ हजार र टर्कीमा २५ हजार रहेका छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २८ करोड ४८ लाख पुगेको छ । तीमध्ये साढे २५ लाखभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ३७ हजारको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ६ : ०९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्