९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप दिइएको भारतको दाबी « Khabarhub

९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप दिइएको भारतको दाबी


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका कूल वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप दिइएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो हप्ता औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा भने थप १३ हजार १५४ सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिएको छ । थपिएका सङ्क्रमितमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले ८२ हजार ४०२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने गएको २४ घण्टामा सात हजार ४८६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ४८ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर