महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य « Khabarhub

महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको जलेश्वर र बर्दिबासमा कोभिड-१९ विरुद्धको खोप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपको पहुँचका लागि नयाँ रणनीति बनेको छ । २१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउने र प्रचारप्रसारलाई समेत अगाडि बढाइने उनले बताए ।

पुसभित्र जिल्लाका ६६ प्रतिशत नागरिकमामा खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ। अहिलेसम्म जिल्लाको कुल जनसंख्याको ५४ प्रतिशतमा मात्र पहिलो डोज खोप लगाइएको र ३३ प्रतिशतले पहिलो र दोस्रो डोज खोप लिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

खोप नै लगाउन नपाएका मुसहर समुदायका लागिसमेत लक्षित गरी खोप अभियान तीब्र बनाइने उनले बताए । १२ (१७ वर्ष उमेरका बालबालिकाका लागि लक्षित खोप झण्डै ६७ प्रतिशतले लगाइसकेका छन् भने छिटफुट भएका ठाउँमा पुनस् खोप अभियान चलाउने प्रमुख यादवले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्