हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध « Khabarhub

हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान सेवा अवरुद्ध भएको हो ।

डोल्पा र हुम्लामा यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि बाहिर जाने डोल्पा र हुम्ला आउने अलपत्र परेका छन् । मुगुमा सडक सञ्जालले छोएको भए पनि नाग्म-गमगढी सडक क्षेत्रको घुच्चीलेकलगायतका क्षेत्रमा बाग्लो हिमपात भएका कारणले यातायात सेवा अवरुद्ध बनेको हो ।

हवाई उडान नहुँदा हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको जुफाल विमानस्थलबाट काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन् । भिजिबिलिटी कम भएकाले सुर्खेत विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने दुवै उडान बन्द भएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : २५ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर