विदेशमा एमबीबीएस अध्ययन गरेर फर्केका विद्यार्थीहरुको समस्याको फाइल मन्त्रिपरिषदमा | Khabarhub Khabarhub

विदेशमा एमबीबीएस अध्ययन गरेर फर्केका विद्यार्थीहरुको समस्याको फाइल मन्त्रिपरिषदमा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत अन्य देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव फाइल पठाएको हो ।

चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि चीनमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कूटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन ।

‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री पौडेलले भने,‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ ।’

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।

कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीहरु अध्ययन पूराका सोही देशबाट अनुमति पाएका छैनन् । यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । विद्यार्थीबाट बढी रकम लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाण जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ३३ बजे

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।

टौवास खोलाले बगाउँदा एक जनको मृत्यु

बागमती– मकवानपुरको भिमफेदी गाउँपालिका-१  स्थित टौवास खोलाले बगाउँदा एक जनाको

‘राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार्न सकिँदैन’

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला