हुस्सु हटेसँगै त्रिभुवन विमानस्थलबाट उडान शुरू « Khabarhub

हुस्सु हटेसँगै त्रिभुवन विमानस्थलबाट उडान शुरू


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेपछि त्रिभुवन विमानस्थलमा विहानदेखि अवरूद्ध भएको उडान तथा अवतरण शुरू भएको छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान भएका थिएनन्  । सामान्यता उडानका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिने गर्छ । अहिले सो भिजिबिलिटी पुगेपछि उडान शुरू भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विदेशबाट आएर काठमाडौँ र सिमराको आकाशमा होल्ड भएका ४ विमानहरू अवतरण भएका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान भएको छ ।

यसअघि बिहान कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाएर होल्ड भएका थिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर लागेको बाक्लो हुस्सु बिहान ११ बजेपछि क्रमिक रूपमा खुलेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ४६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु