फ्रेन्ड्सलाई हराउँदै एनआरटी पाँचौं स्थानमा उक्लियो, एपीएफसँग आर्मी बराबरीमा « Khabarhub

फ्रेन्ड्सलाई हराउँदै एनआरटी पाँचौं स्थानमा उक्लियो, एपीएफसँग आर्मी बराबरीमा


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो। यससँगै फ्रेन्ड्स ३ अंकका साथ लिग अंक तालिकाको पुछारमा रहँदा एनआरटीको १० अंक छ।

शुक्रबारै भएको अर्को खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग उपाधि दाबेदार आर्मी बराबरीमा रोकिएको छ। एपिएफसँग १-१ गोलको बराबरीपछि पनि अपराजित आर्मी चौथो स्थानमा कायमै रहेको छ। आर्मी ७ खेलमा ११ अंकसहित चौथो स्थानमा छ।

एपीएफले सातौं चरणसम्म १० अंक गुमाइसकेको छ । एपीएफको समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ ।

आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौँ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ११ बजे

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको