दमकमा पनि मनाइयो टोपी दिवश « Khabarhub

दमकमा पनि मनाइयो टोपी दिवश


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- हरेक अंग्रेजी वर्षको पहिलो दिन मनाउन थालिएको टोपी दिवश झापामा पनि मनाइएको छ ।

नागरिक स्तरबाट केही वर्षयता इस्वी सम्वत्को पहिलो दिनलाई नेपाली टोपी दिवश तथा नेपाली पोशाक दिवशको रुपमा मनाउन थालिएको हो ।

यसै अवसरमा जीवन चक्र समाजले शनिबार झापाको दमक चोकमा विशेष कार्यक्रम गरेको हो । जसमा सहभागी हुनेहरुलाई आयोजक संस्थाका तर्फबाट ढाका टोपी उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेले टोपीको महत्वबारे चर्चा गरेका थिए भने स्रष्टा बेनु चुँडालले सांगितिक तथा साहित्यीक प्रस्तुति मार्फत टोपीको महत्वबारे प्रष्टयाएका थिए ।

कार्यक्रममा दमक गर उपप्रमुख गीता अधिकारीसहित, स्थानीय नगरबासी युवा तथा ज्येष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बृद्धलाई सम्मान

नेपाली टोपी दिवशको अवसरमा आयोजित कार्यक्रममा १०८ वर्षीय एक बृद्धलाई ढाका टोपी ओढाएर र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

जानकी मेडिकलका डाइरेक्टर डा.राम प्रसाद उप्रेतीको प्रमुख उपस्थितीमा भएको सो कार्यक्रममा  झापा कमल ५ का १०८ वर्षीय रण बहादुर कार्कीलाई सम्मान गरिएको हो । सो अवसरमा डा. उप्रेतीले राष्ट्रियता बलियो पार्न प्रत्येक नेपाली जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : ३० बजे

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित

जुम्ला– जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने

महामन्त्री पौडेललाई बुद्धिजीवीको शुभकामना : कांग्रेसबाट परिवर्तनको आशा जागेको छ

काठमाडौ– पेशाकर्मी तथा बुद्धिजीवीहरूले नेपाली कांग्रेसमा आएको परिवर्तनले देशमा आशा

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९०

महाशिवरात्रिको अवसरमा क्रिएसनले खटायो पाँच सय सफाइकर्मी  

काठमाडौं–  क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच