मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए  । एकैगाउँ तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ  ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ५९ बजे

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै