कोरोना संक्रमितको संख्या २९ करोड नाघ्यो, निको हुने साढे २५ करोड « Khabarhub

कोरोना संक्रमितको संख्या २९ करोड नाघ्यो, निको हुने साढे २५ करोड

५४ लाख ६० हजारको मृत्यु


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या आज केही घटेको छ ।

पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या आज ८ लाखमा झरेको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् भने २ हजार ८७५ जनाको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ६९ हजार, बेलायतमा एक लाख ३७ हजार, फ्रान्समा ५८ हजार, इटलीमा ६१ हजार र टर्कीमा ३३ हजार छन्।

कोरोनामुक्त हुनेमा बेलायतमा ४५ हजार, रुसमा २६ हजार, जर्मनीमा साढे २२ हजार र टर्कीमा २२ हजार रहेका छन् ।

मृत्यु हुनेको संख्या रुसमा ८११, अमेरिकामा १४२, टर्कीमा १२९, इटलीमा १३३ र बेलायतमा ७३ जना रहेका छन् ।

यससँगै कोरोनाका कूल संक्रमितको संख्या २९ करोड ५ लाख ५४ हजार नाघेको छ । तीमध्ये २५ करोड ४५ लाख २ हजार जना निको भइसकेका छन् भने ५४ लाख ६० हजार १४५ को मृत्यु भइसकेको ।

 

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : १२ बजे

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो