दशैँ ताक्दै फिल्मकर्मी, भिड्दै साम्राज्ञी र केकी ? | Khabarhub Khabarhub

दशैँ ताक्दै फिल्मकर्मी, भिड्दै साम्राज्ञी र केकी ?


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गत वर्ष नेपाली फिल्ममा जुन किसिमको अस्वस्थ प्रतिस्पर्धा देखियो, त्यसको तुलनामा अहिले केही कम प्रतिस्पर्धा हुन्छ कि भन्ने देखिएको छ । धेरै फिल्ममेकर थाकेर बसेझैँ आरामले बसिरहेका छन् । केही मेकर भने फिल्म बनाउन घोषणा गरेर मैदानमा उत्रिरहेका छन् ।

धेरैको चासो बनेको छ दशैँमा कुन फिल्म रिलिज होला भन्ने । राम्रा मानिएका मेकर अशोक शर्मा, रामबाबु गुरुङ, दीपकराज गिरी लगायतले आफ्ना फिल्म चाडबाडको अवसर पारेर रिलिज गर्ने तयारीमा छन् । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘कबड्डी ३’ ले त बरु रिलिज मिति अझै तय गरेको छैन । तर अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘रातो टीका निधारमा’ र दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै’ भने दशैँमा नै रिलिज हुने पक्का भइसकेको छ ।

फिल्म पण्डितहरु दशैँमा अरु फिल्म पनि रिलिज हुन सक्ने बताउँछन् ।

तर, पूर्वघोषणा गरिएको फिल्म ‘रातो टीका निधारमा’ र ‘छ माया छपक्कै’ भिड्ने भएपछि फिल्म क्षेत्रमा यी दुई फिल्मलाई लिएर चर्चा चल्न थालेको छ । संयोगको कुरा के छ भने यी दुवै राम्रा ब्यानर र कमेडी जानरामा निर्माण हुने फिल्म हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, केकी अधिकारी, सुपुष्मा भट्ट लगायका कलाकारको अभिनय रहने फिल्म ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ ।

टिमवर्क र ब्यानरका हिसाबले यो फिल्मबाट दर्शकले धेरै नै आशा गरेका छन् । दर्शकको आशाअनुसारको सन्तुष्टि फिल्मले दिन सक्यो भने यो फिल्मले बम्पर व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्म अहिले छायांकनकै क्रममा छ ।

तस्वीर– आर्यन बिमली

यस्तै झापाबाट छायांकन थालेको फिल्म ‘रातो टीका निधारमा’ को पनि दर्शकले प्रतीक्षा गरेका छन् । दशैँमै रिलिज गर्न सुहाउने गरी फिल्मको कथा तयार पारिएको निर्माण टिम बताउँछ । यो फिल्ममा पनि कमेडी स्वाद हुने निर्माण टिमको भनाइ छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, अंकित शर्मा, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ । फिल्मको छायांकन धमाधम भइरहेको छ ।

यो चाहिँ पक्का छ, दशैँमा दुवै फिल्म रिलिज हुनेछन् । दर्शकका लागि भने फाइदाको कुरा छ । जुन राम्रो छ, त्यही फिल्म हेरेर दर्शकले आफ्नो दशैँ विशेष बनाउनेछन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १२ : ०२ बजे

मुस्लिम समुदायले आज बकर इद मनाइँदै

काठमाडौं– मुस्लिम धर्मावलम्बीले आज बकर इद (इदुल जोहा) आज मनाउँदै

नेपालले सातौं ओभरमा गुमायो पाँच विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले पाँच

राष्ट्रपति पौडेलको सम्मानमा बर्लिनमा स्वागत समारोह

काठमाडौं– जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित

नेपालले छैटौं ओभरमा गुमायो चौथो विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले चार

पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

चितवन– पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३