पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण « Khabarhub

पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ जिल्लाको पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण गरिएको छ ।

जिल्लाको गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि चौतारासम्म ५०० मिटर पक्की पदमार्ग निर्माण सम्पन्न भएको गलकोट नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिकाको क्रमागत बजेट अन्तर्गत वर्षको रु आठ लाख र यो वर्षको रु चार लाख गरी रु १२ लाखको लागतमा पर्यटकीय पदमार्ग निर्माण गरिएको कार्यबाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए ।

पक्की पदमार्गलाई साना खोलाबाट राम्चेढुङ्गा हुँदै घुम्टेको धुरी पुर्याउन लक्ष्य राखिएको छ । पदमार्र्ग घुम्टेको धुरीसम्म पुग्दा झण्डै १० किलोमिटर लामो पदमार्ग हुने पदमार्ग निर्माण समितिका अध्यक्ष भक्तबहादुर थापाले बताए ।

‘घुम्टे जाने पर्यटकलाई छोटो दुरीमार्फत सहजयात्राका लागि पक्की पदमार्ग निर्माण गरिरहेका छौँ,’ थापाले भन्नुभयो, “निर्माण सम्पन्न गर्नका लागि रु दुई करोड बजेट लाग्ने अनुमान छ ।” पदमार्गका लागि ठूलो बजेट आवश्यक भएका कारण गलकोट नगरपालिकामार्फत प्रदेश तथा केन्द्रीय सरकारलाई बजेट माग गरिएको थापाको भनाइ छ ।

गलकोट नगपालिकाले गलकोटको पहिचानका रुपमा रहेको जिल्लाकै सबैभन्दा उच्च पहाड घुम्टे धुरी पुग्ने पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको बीचमा रहेको घुम्टे लेकमा पर्यटन प्रवद्र्धन गर्न प्रत्येक वर्ष गुराँस उत्सव गर्ने गरिएको छ । घुम्टेलाई गुराँस पहाड घोषणा र वैशाख १ गते लालीगुराँस दिवस मनाउन माग गर्दै गलकोट घुम्टे पर्यटन केन्द्रले प्रत्येक वर्ष गुराँस उत्सव गर्न शुरु गरेसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेपछि पदमार्ग निर्माण गर्न थालिएको हो ।

घुम्टे पहाडमा अनेकौं प्रजातिका गुराँस फुलेको हेर्न चैत, वैशाखमा पर्यटकको बढी भीड लाग्ने गर्दछ । समुन्द्र सतहदेखि १० हजार ९ सय ९३ फिटको उचाईमा अवस्थित प्रसिद्व घुम्टेमा सिद्ध र भैरवको मन्दिर समेत रहेका छन् । मन्दिरमा वैशाखी पूर्णिमामा ठूलो मेला समेत लाग्ने गर्दछ । झण्डै ४ घण्टाको पैदल यात्रापछि पुग्न सक्ने घुम्टेमा पदमार्ग निर्माण भएपछि आउजाउमा निकै सहज हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : ५१ बजे

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रे– बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’