प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’ « Khabarhub

प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले बालेनको नेतृत्व र दृष्टिकोणको प्रशंसा गरेका हुन् ।

नेपालको प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक भारत भ्रमणमा आएका शाहलाई स्वागत गर्न पाउँदा खुसी लागेको मोदीले बताए । केही महिनाअघि विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघ महासभामा शाहले गरेको सम्बोधनमै आफूले दूरदर्शिताको प्रस्ट झलक देखेको मोदीले उल्लेख गरे ।

सोमबार शाहसँग भएको केही घण्टाको वार्तामा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धबारे स्पष्ट दृष्टिकोण (भिजन) तथा प्रतिबद्धता महसुस गरेको मोदीको भनाइ छ । ‘नेपालका जनताले उहाँलाई जुन ऐतिहासिक जनादेश दिएका छन्, त्यसले नेपालको नयाँ पुस्ताको आकांक्षा र आशालाई दर्शाउँछ,’ मोदीले भने, ‘भारत एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा हमेसा सहभागी रहँदै आएको छ ।’

द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान कैयौँ महत्त्वपूर्ण निर्णय लिइएको मोदीले प्रस्ट पारे । सम्बोधनका क्रममा उनले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको धार्मिक तथा सामाजिक सम्बन्धको चर्चा गर्दै नेपालको युवा पुस्ता प्रतिभा र ऊर्जाले भरिपूर्ण रहेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  २ : ५७ बजे

बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

नयाँ दिल्ली- नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र

प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीच भएका समझदारी

बालेन-मोदी भेटवार्ता : आठ विषयमा सहकार्य गर्ने सहमति

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न

प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेको छु : मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको