सुदूरपश्चिममा नबिल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

सुदूरपश्चिममा नबिल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।

नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमूखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिका बासीहरुको उल्लेख्य उपस्थिति थियो । अन्तर्कि्रयाका दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी ८ दिने तालिम कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

यस कार्यक्रमले स्थानीय युवाहरुलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ । यस तालिम कार्यक्रममा १२० जना सहभागि छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : १५ बजे

देश र जनताको हितमा काम गरौँ : माधव नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

रविको रिहाइका लागि आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले पार्टी

निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक

काठमाडौं – निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं – वैदिक अनुसन्धान गुठी (वाग्)ले नेपालमै पहिलो पटक ‘शुद्ध

आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि

झापा – झापाको धुलाबारीमा सम्पन्न आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ