फास्ट ट्रयाक आसपासका क्रसर हटाउन संसदीय समितिको माग « Khabarhub

फास्ट ट्रयाक आसपासका क्रसर हटाउन संसदीय समितिको माग


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गतको समितिले फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग गरेको छ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले फास्ट ट्रयाकको हवाइ निरीक्षणपछि क्रसर उद्योग हटाउन माग गरेको हो ।

काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको समिति सदस्य, रक्षा मन्त्रालयका प्रतिनिधि, नेपाली सेनासहितले गरेको हवाइ निरीक्षणपछि बनाइएको प्रतिवेदनमा द्रुतमार्ग आयोजनास्थल विशेषगरी मख्खुवेशी आसपासको क्षेत्रमा सञ्चालित क्रसर उद्योगहरूबाट हुन सक्ने सम्भावित प्रतिकुल प्रभावलाई ध्यानमा राखी उक्त क्रसर उद्योगहरु उपयक्त स्थानमा स्थानान्तरण हुन आवश्यक देखिएको उल्लेख छ ।

साथै आयोजना निर्माण कार्यको दौरान आवश्यक पर्ने थप जग्गा तथा रुख कटान कार्यको लागि आवश्यक प्रकृयागत निर्णयहरु सम्बन्धमा सम्बन्धित विभाग तथा मन्त्रालयबाट समयमै सहजीकरण हुनुपर्ने र खोकनाको जग्गा विवाद पनि चाँडै सल्टाउन सहजीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ३ : १५ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्