‘हामी तीन भाइ’लाई अस्मिताले गाइन् ‘झम्के फूली’ « Khabarhub

‘हामी तीन भाइ’लाई अस्मिताले गाइन् ‘झम्के फूली’


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको फिल्म ‘हामी तीन भाइ’को गीत रेकर्डिङ गरिएको छ । शुलभमणि सापकोटाको शब्द रहेको ‘झम्के फूली’ बोलको गीतमा अस्मिता अधिकारी र सापको स्वर छ । गीतमा साप शक्तिको संगीत तथा महाराज थापाको एरेञ्ज छ ।

गीत ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपानेलगायतका कलाकारको अभिनय रहनेछ । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल केसीको द्धन्द्व, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभमणि सापकोटा गीत र मनिष गौतम तथा रिवाज दाहालको लेखन रहेको छ ।

पारिवारिक प्रेम कथामा आधारित रहने फिल्मको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । फिल्मको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन् । फिल्ममा शम्भुकुमार केसी विशेष सहयोगी छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ५ : ०१ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा