‘हामी तीन भाइ’लाई अस्मिताले गाइन् ‘झम्के फूली’ « Khabarhub

‘हामी तीन भाइ’लाई अस्मिताले गाइन् ‘झम्के फूली’


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको फिल्म ‘हामी तीन भाइ’को गीत रेकर्डिङ गरिएको छ । शुलभमणि सापकोटाको शब्द रहेको ‘झम्के फूली’ बोलको गीतमा अस्मिता अधिकारी र सापको स्वर छ । गीतमा साप शक्तिको संगीत तथा महाराज थापाको एरेञ्ज छ ।

गीत ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपानेलगायतका कलाकारको अभिनय रहनेछ । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल केसीको द्धन्द्व, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभमणि सापकोटा गीत र मनिष गौतम तथा रिवाज दाहालको लेखन रहेको छ ।

पारिवारिक प्रेम कथामा आधारित रहने फिल्मको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । फिल्मको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन् । फिल्ममा शम्भुकुमार केसी विशेष सहयोगी छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ५ : ०१ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स