त्रिवेणी कपको उपाधिका लागि भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै | Khabarhub Khabarhub

त्रिवेणी कपको उपाधिका लागि भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताको उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएको छ ।

त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तीन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले बताए । जिल्लाकै सर्वाधिक राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताका विजेताले ५ लाख , त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।

सेमिफाइनल पुगेका २ टिमलाई नगद ५०-५० हजार दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५-१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी युवा क्लवको आयोजनामा यहि १२ पुसबाट बेंसीशहरको सहजी खेलमैदानमा सुरु भएको राष्ट्रव्यापी २९औँ त्रिवेणी कप प्रतियोगितामा देशभरमा १८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : ५७ बजे

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन