एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क « Khabarhub

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिसलगायतका सेवा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ ।

बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोबाइल बैंकिङ एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन्।

एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्य्राकिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ) मा पनि मोबाइल बैंकिङमार्फत आवेदन दिन सकिनेछ ।

प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकको समस्या र जिज्ञासा समाधान गरिने बैंकले जानकारी दिएको छ ।

वेभसाइटबाट अनलाइन खाता र आईपीओ आवेदन, कर्जा प्रतिफल हिसाबकिताब, ईएमआई हिसाबकिता लगायत अन्य सेवासुविधाबारे जानकारी उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका पछिल्ला योजनाहरू र सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे पनि वेभसाइटबाट जानकारी लिन सकिनेछ । इन्टरनेट बैंकिङका माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

एनआईसी एसिया बैंकले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै