नेकपा (एस)ले भ्रष्टाचार र अनियमितताबारे अनुगमन गर्ने « Khabarhub

नेकपा (एस)ले भ्रष्टाचार र अनियमितताबारे अनुगमन गर्ने


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा सञ्चालन भएका योजनाको अनुगमन गर्ने निर्णय गरेको छ । आयोजनामा भए गरेका भ्रष्टाचार तथा अनियमितताको पर्दाफासका लागि भन्दै एकीकृत समाजवादीको तेस्रो जिल्ला कमिटी बैठकले स्थानीयदेखि संघीय सरकारमार्फत सञ्चालन भएका योजना अनुगमन गर्ने निर्णय गरेको हो ।

१४ असार २०७४ मा सम्पन्न स्थानीय तह र त्यसपछिका प्रदेश र संघीय निर्वाचन पश्चात टोल, वडा, पालिका र जिल्ला तहमा हालसम्म भए/गरेका विकास निर्माणको कामको अनुगमन गरी सत्यतथ्य विवरण संकलन गर्दै उपलब्ध गराउन तल्लो कमिटीलाई निर्देशन दिइएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज बबी चाम्लिङले बताए ।

तीन तहको सरकारमार्फत सञ्चालन भएका योजनाहरुको अनुगमन गरी पाइएका सत्यतथ्य विवरण आगामी १५ माघभित्र वडा कमिटीबाट संकलन गरी जिल्ला कमिटीसमक्ष बुझाउन नगर वा गाउँपालिका कमिटीलाई भनिएको छ । ‘योजनाको पारदर्शीताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ’ भन्ने पहिचानका लागि योजना अनुगमनको निर्णय गरिएको इन्चार्ज चाम्लिङले बताए ।

एकीकृत समाजवादीले योजना अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, कामको सम्पन्न भएको मात्रा, लाभान्वित संख्या, योजना दाता वा सम्वन्धित निकायको नाम लगायतका विवरण संकलन गर्न निर्देशन दिएको छ । ‘योजनामा भएका समस्या खोजी गर्दैछौँ । कहाँ, कस्तो योजना कसरी चलिरहेको छ भन्ने बुझ्दैछौँ । त्यो बारेमा यतार्थ विवरण बाहिर ल्याउने छौँ,’ चाम्लिङले भने, ‘त्यससँगै कुन टोलमा कस्तो योजनाको आवश्यकता छ । आवश्यकताको पनि पहिचान गरेर समाधानमा अघि बढ्ने छौँ ।’

टोल कमिटीको भेलाबाट प्रत्येक टोल वा वस्तीमा आवश्यकीय तत्कालीन र दिर्घकालीन योजनाहरु छनोट गरी वडा कमिटीमा पेश गर्ने, टोल कमिटीबाट पेश भएको योजनाहरु वडा कमिटीमार्फत गाउँ वा नगर कमिटी हुँदै जिल्ला कमिटीमा पेश गर्ने÷गराउने निर्णय गरिएको छ । टोल वा वस्तीहरुमा आकस्मिक भैपरी आउने समस्या वा योजनाहरुको हकमा परिस्थितिजन्य रुपमा सिधै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलसेर राईले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

एकीकृत समाजवादीले जिल्लाका १० स्थानीय तहमध्ये बाँकी रहेको खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा तत्काल कमिटीसँगै पालिकास्तरीय कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हालसम्म बराहपोखरी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, साकेला, ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा इन्चार्ज एवं संयोजक तोकिएको नेकपा (एस)ले जनाएको छ ।

यस्तै, ७९ वडामध्ये ३७ वडामा वडा कमिटी गठन गरिएको छ । आगामी ७ माघभित्र वडादेखि जिल्लासम्म जनवर्गीय संगठनहरुको गठन तथा पुनर्गठन गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १२ : ४० बजे

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले