साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित) « Khabarhub

साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित)



दोहा– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् ।

साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए ।

‘‌हामी विगत ३० महिनादेखि साश इन्टरनेशनल कम्पनीमा कार्यरत छौँ,‘ उनले खबरहबसँग भने, ‘अहिले हामीलाई ठूलो समस्या परेको छ, विगत ९ महिनादेखि तलब पनि पाएका छैनौँ ।’

‘यो मेरो मात्र हैन, यहाँका ७०/८० जना नेपालीको समस्या नै त्यही हो,’ उनले थपे, ‘हामी अहिले ४ महिनादेखि बेरोजगार भएर क्याम्पमा बसेका छौं । हाम्रो रिन्यु पनि गरेको छैन । कम्पनीले बनाइदिनुपर्ने बहिर्गमन भिसा पनि नदिँदा अहिले अलपत्र अवस्थामा छौँ ।’

उनीहरुले नेपाल सरकारले नेपाल लैजानका लागि पहल गर्न पनि अनुरोध गरेका छन् ।

आफूहरुको समस्या पठाउने मेनपावर कम्पनीलाई भन्दा मेनपावरका एजेन्ट सुरेन्द्र खनाल यहाँको कम्पनी मिलेर आफूहरुमाथि उल्टै दबाव दिने तथा थर्काउने गरेको उनीहरुले बताएका छन् ।

आफूहरुको समस्याबारे ४ महिनाअघि नै रियादस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि साउदी सरकारी उच्च निकायसम्म पहुँचै नभएको दूतावास निरीह रहेको उनीहरुले आरोप लगाएका छन् । साथै, गैरआवासीय संघ (एनआरएनए) साउदीलाई पनि जानकारी गराए पनि अहिलेसम्म कतैबाट सुनवाइ नभएको उनीहरूले बताएका छन् ।

अहिले आफूहरुसँग फोन गर्ने एक रुपैयाँ पैसा पनि नभएको र कम्पनीको अवस्था झन् बिग्रिएको भन्दै उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

साउदीमा अलपत्र परेका नेपालीहरुमा लक्ष्मी पौडेल, प्रेम प्रकाश अधिकारी, विवेक परियार, शिव मन्जरी घिमिरे, रविन्द्र मल्ल, राजेन्द्र विश्वकर्मा, राजकुमार बस्नेत, धन बहादुर तामाङ, श्याम निरौला, मनोज राई र नोल बहादुर सिञ्जालीलगायत ७० देखि ८० जनासम्म रहेका छन् ।

यस विषयमा बुझ्न खोज्दा खबरहबले एजेन्ट सुरेन्द्र खनालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

पछिल्लो समय साउदीमा कम्पनीले महामारीको कारण देखाउँदै कामदारलाई विना तलव कम्पनीबाट निकाल्ने तथा समयमा तलव नदिने तथा करार अवधि सकिएपछि पनि घर नपठाउने कारण ठूलो संख्यामा नेपालीहरु अलपत्र पर्ने क्रम बढ्न थालेको छ ।

भिडियो:

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : ३८ बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज