सन्दीप सम्मिलित हुरिकेन्स पराजित « Khabarhub

सन्दीप सम्मिलित हुरिकेन्स पराजित


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल) मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ ।

१२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्‍याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे ।

हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए । त्यस्तै अर्को एक विकेट सर्टको नाममा रह्यो ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हुरिकेन्सले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १२६ रनको बनायो ।

हुरिकेन्सका डीएर्सी सर्टले ३२ रन बनाए । त्यस्तै टिम डेभिडले २८, मिचेल ओवेनले १६ र पिटर ह्यान्डसकम्बले १४ रन जोडे ।

हुरिकेन्सबाट ११औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका सन्दीपले दुई बलमा दुई रन जोडे ।

स्ट्राइकर्सका पिटर सिडलले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई तथा म्याथ्यु सर्ट र ह्यारी कोनवेले समान एक विकेट हात पारे ।

हारसँगै हुरिकेन्स ९ खेलमा ४ जित सहित १७ बनाएर चौथो स्थानमा छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ३५ बजे

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा– सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ