विश्वभर कोरोना संक्रमितको कूल संख्या ३० करोड नजिक « Khabarhub

विश्वभर कोरोना संक्रमितको कूल संख्या ३० करोड नजिक

पछिल्लो २४ घण्टामा करिब २४ लाख थपिए, मृत्यु ६,८५९


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो एक दिनमा हालसम्मकै सर्वाधिक २३ लाख ६४ हजार ७६ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो ।

बिहीबार अमेरिकामा मात्रै ५ लाख ४२ हजार, फ्रान्समा ३ लाख ३२ हजार, बेलायतमा एक लाख ९४ हजार, इटलीमा एक लाख ८९ हजार, स्पनेमा एक लाख ३७ हजार र अर्जेन्टिनामा ९५ हजार थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या २९ करोड ७९ लाख ५४ हजार ५० पुगेको छ । तीमध्ये २५ करोड ६७ लाख ४३ हजार जना निको भइसकेका छन् भने ५४ लाख ८१ हजार ३३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८५९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५६८, रुसमा ८२८, पोल्याण्डमा ६३२, जर्मनीमा ४३१, बेलायतमा ३४३, युक्रेनमा २७३ र फ्रान्समा ३४६ जना छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ६ : २७ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक