सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली आज अपरान्हदेखि अवरुद्ध हुँदै | Khabarhub Khabarhub

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली आज अपरान्हदेखि अवरुद्ध हुँदै


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली आज (बिहीबार) अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ ।

अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले आज अपरान्ह ४ बजेदेखि भोलि बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने लागेको हो ।

‘अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरुको प्रयोगमा अवरोध आउने भएको छ।’ सर्वोच्च सूचनामार्फत भनेको छ।

‘सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरुमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ११ : २६ बजे

मुग्लिङमा गुडिरहेको भारतीय गाडीमा ढुंगो खस्यो, तीन यात्रु गम्भीर घाइते

काठमाडौं- मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ

सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनबाट

देउवाले भने- प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले

प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने

काठमाडौं- नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

दोधारा चाँदनी- छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१