‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवौँ चरणका खेल | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवौँ चरणका खेल


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरु हुँदैछ ।

सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ ।

पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।

शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो २ बजे पोखरामा मनाङ र च्यासल प्रतिस्पर्धा गर्दा साँझ पौने ५ बजे न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष चारका लागि आमुने सामुने हुनेछन् ।

तेस्रो दिन तथा आइतबार एक मात्रै खेल हुनेछ । साँझ पौने ५ बजे तय खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै सोमबारको एक मात्रै खेलमा विभागीय टोली नेपाल पुलिसले रेलिगेसनबाट उम्कन ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्नेछ ।

जारी शीर्ष डिभिजनको लिगको सातौ चरणको खेल सकिँदा ५ जित, २ बराबरसहित अपराजित रहेको मछिन्द्र शीर्षस्थानमा १७ अंक बनाएको छ । यससँगै उसले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप–२०२२ छनोटमा स्थान बनायो ।

१६ अंकसहित मनाङ दोस्रो, १३ अंकको संकटा तेस्रो, समान ११ अंकका आर्मी र शेर्पा क्रमशः चौथो र पाँचौ स्थानमा छन् । समान १० अंकका थ्री स्टार र एनआरटी क्रमशः छैठौं स्थान र सातौं स्थानमा छन् ।

यता, अन्तिम खेलमा पराजित सातदोबाटो ८ खेलबाट आठौं स्थानमा झर्दा जावलाखेल ७ अंकसहित नवौं स्थानमा छ । समान ६ अंकका एपीएफ र पुलिस क्रमशः दशौं र एघारौं स्थानमा रहँदा ५ अंकको बीबीसी र च्यासल क्रमशः १२ र १३ औं स्थानसँगै रेलिगेसन जोनमा छन् । यता, फ्रेन्ड्स भने ३ अंकसहित पुछारमा छ । जारी लिगको पुछारमा रहने टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : १५ बजे

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन– केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर

विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन  

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई चन्दा दिएकै