दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने भारतको निर्णय « Khabarhub

दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने भारतको निर्णय


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।

त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका छन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : २९ बजे

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको

अष्ट्रेलियामा सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा- अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तराष्ट्रिय यात्रुका

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल