एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने « Khabarhub

एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ ।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेकका जिल्लामा अधिवेशनको अर्को मिति तय हुनेछ ।

जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर जारी गरेको छ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ०८ बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि