रोमाविरुद्ध एसी मिलान हाबी | Khabarhub Khabarhub

रोमाविरुद्ध एसी मिलान हाबी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३-१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको हो ।

घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा जिाराउडको पेनाल्टी गोलबाट मिलानले अग्रता बनायो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानले २-० को अग्रता बनायो । ४०औं मिनेटमा अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २-१ को अवस्थामा पुग्यो ।

खेलको ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड पाउँदा रोमा १० खेलाडीमा समेटियो । यसको फाइदा उठाउँदै ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३-१ को अग्रता लियो ।

९० मिनेटपछिको इन्जुरी समयमा जियानलुका मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटियो । इन्जरी समयको अन्तिम समयमा ज्लाटान इब्राहिमोभिचले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मिलानले अर्को अवसर गुमायो ।

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंक सहित शीर्षस्थानमा छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०१ बजे

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन